ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउनू: काठमाडौं महानगर
काठमाडाैं | असार १८, २०८०
तस्बिर फाइल
काठमाडौं: काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ । सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो ।
महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरले सूचनामा भनेको छ, ‘‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्ने काडमाडौं महानगरपालिकाले अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माणकार्य भइरहेको भए सो कार्य रोक्का राख्न सम्बद्ध सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’’
सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्चसमेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

